• Menu

लेबनानको बालबेकमा इजरायली हवाई आक्रमण, ४ को मृत्यु, ६ जना घाइते

नेपाल प्रफिट

२०८२ फागुन २०, बुधबार १३:१६

लेबनानको बालबेकमा इजरायली हवाई आक्रमण, ४ को मृत्यु, ६ जना घाइते

एजेन्सी । इजरायली विमानले लेबनानको बालबेक सहरको आवासीय भवनलाई लक्षित गरी आक्रमण गर्दा चार जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको जनाइएको छ ।

उद्धार टोलीहरूले अझै पनि क्षेतिग्रस्त भवनको भग्नावशेषमुनि फसेका मानिसहरूलाई निकाल्ने काम गरिरहेको लेबनानी राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

इजरायली सेनाले यस अघि नै लेबनानका बासिन्दाहरूका  लागि निकासी चेतावनी जारी गरेको थियो ।

यस अघि लेबनानको स्वास्थ्य मन्त्रालयले माउन्ट लेबनान गवर्नरेटको आरामौन र सादियातका क्षेत्रलाई लक्षित गरी गरेको इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु  हुनुका साथै अन्य आठ जना घाइते भएको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्