• Menu

हुवावेले तोड्यो आफ्नै रेकर्ड, ८० देशका १७ करोड मानिससम्म पुग्यो डिजिटल कनेक्टिभिटी

नेपाल प्रफिट

२०८२ फागुन २०, बुधबार ११:४२

हुवावेले तोड्यो आफ्नै रेकर्ड, ८० देशका १७ करोड मानिससम्म पुग्यो डिजिटल कनेक्टिभिटी

काठमाडौं । हुवावेले ८० भन्दा बढी देशका दुर्गम क्षेत्रका १७ करोड मानिससम्म डिजिटल कनेक्टिभिटी विस्तार गर्दै अन्तर्राष्ट्रिय दूरसञ्चार संघको ‘पार्टनर टु कनेक्ट डिजिटल’ गठबन्धन प्रतिबद्धता लक्ष्य पार गरेको छ । स्पेनको बार्सिलोनामा आयोजित कम्पनीको ‘टेक केयर्स फोरम’मा यो घोषणा हुवावे आईसीटी बीजीका प्रमुख कार्यकारी अधिकृत याङ चाओबिनले यस्तो घोषणा गरेका हुन् ।

सन् २०२२ मा आइटियूको ‘पार्टनर टु कनेक्ट डिजिटल’ गठबन्धनमा सहभागी हुँदा हुवावेले सन् २०२५ सम्ममा १२ करोड मानिसलाई दुर्गम क्षेत्रमा डिजिटल सञ्जालसँग जोड्ने प्रतिबद्धता जनाएको थियो । हाल १७ करोड मानिससम्म कनेक्टिभिटी विस्तार गर्दै कम्पनीले लक्ष्यलाई उल्लेखनीय रूपमा पार गरेको जनाएको छ ।

उद्घाटन मन्तव्यमा याङले कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकास भइरहे पनि डिजिटल विभाजन अझै कायम रहेको र थप फराकिलो हुने जोखिम रहेको बताए । ‘समावेशी र दिगो कृत्रिम बुद्धिमत्ता युगका लागि उच्च-गतिको डिजिटल सञ्जाल र सशक्त गणना क्षमता आधारभूत आवश्यकता हुन्,’ उनले भने ।

आइटियू पार्टनर टु कनेक्ट प्रतिबद्धता पूरा गर्नु नवप्रवर्तनप्रति कम्पनीको निरन्तर प्रतिबद्धताको प्रमाण भएको उनको भनाइ छ । यसले दुर्गम समुदायलाई स्वास्थ्य, शिक्षा र वित्तीय सेवामा पहुँच विस्तार गर्न सहयोग पुर्‍याएको उनको दाबी छ ।

आइटियू दूरसञ्चार विकास ब्यूरोका निर्देशक कोस्मास जवाजाभाले डिजिटल विभाजन कम गर्न हुवावेले खेलेको भूमिकाको प्रशंसा गरे । ग्रामीण तथा सेवा-विहीन समुदायलाई जोड्न नवप्रवर्तनशील व्यावसायिक नमुना, समावेशी दृष्टिकोण, सञ्चार स्रोतको प्रभावकारी उपयोग र स्थानीय क्षमतामा निरन्तर लगानी आवश्यक रहेको उनले बताए ।

हुवावे सार्वजनिक मामिला तथा सञ्चार विभागका अध्यक्ष जेफ वाङका अनुसार डिजिटल समावेशीकरणले समावेशी कनेक्टिभिटी र डिजिटल सीप सशक्तीकरण गरी दुई आधारमा टेकेको बताए । डिजिटल सीप अभाव समाधान गर्न हुवावेले सरकार तथा विभिन्न संस्थासँग सहकार्य गर्दै विद्यार्थी, युवा, ज्येष्ठ नागरिक र महिलाका लागि डिजिटल पहुँच विस्तार, सीप तालिम तथा विज्ञान-प्रविधि-इन्जिनियरिङ-गणित (स्टेम) पाठ्यक्रम विकास कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

सन् २०१९ मा सुरु गरिएको ‘स्किल्स अन ह्विल्स’ कार्यक्रममार्फत २१ देशका एक लाख ३० हजारभन्दा बढी मानिसलाई मोबाइलमार्फत डिजिटल तालिम प्रदान गरिएको छ । ग्रामीण सञ्जाल नवप्रवर्तनका सन्दर्भमा हुवावेले सन् २०१७ देखि ‘रुरल सिरिज’ समाधानलाई निरन्तर स्तरोन्नति गर्दै आएको छ ।

नोभेम्बर २०२५ मा सुरु गरिएको ‘हुवावे रुरलकाउ’ समाधानले एमटिएन नाइजेरियासँगको सहकार्यमा १ हजार ५०० जनसंख्या भएका गाउँसम्म सेवा विस्तार गरेको छ । यी समाधानले १७ करोड मानिससम्म कनेक्टिभिटी विस्तार गर्ने लक्ष्य हासिल गर्न महत्त्वपूर्ण योगदान दिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्