काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.५२ अंकले बढेर २७१२.४९ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक १.४४ प्रतिशतले बढेको हो ।
आज ३२९ कम्पनीको एक करोड ५१ लाख ८४ हजार ६०७ कित्ता सेयर ६१ हजार ३२९ पटक खरिदबिक्री हुँदा ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० बराबरको कारोबार भएको छ ।
व्यापार समूह ०.८४ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । बैंकिङ १.६४, विकास बैंक १.५९, वित्त १.४३, होटल तथा पर्यटन १.६०, जलविद्युत २.१३ र लगानी समूह ०.५२ प्रतिशतले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन १.४९, लघुवित्त १.६६, म्युचुअल फन्ड ०.८२, निर्जीवन बिमा १.११ र अन्य समूह १.०३ प्रतिशतले बढेको छ ।
सलपा विकास बैंक लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने शुभम् पावर लिमिटेडको सेयर मूल्य २.३२ प्रतिशतले घटेको छ ।
कारोबार रकम र सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको ३४ करोड ६५ लाख ३० हजार ३७९ बराबरको ९ लाख ३६ हजार ३४७ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ ।