• Menu

सुनको भाउ प्रतितोला २५ सय बढ्यो, चाँदी भने घट्यो

नेपाल प्रफिट

२०८२ फागुन १९, ११:२९

सुनको भाउ प्रतितोला २५ सय बढ्यो, चाँदी भने घट्यो

काठमाडौं ।  स्थानीय बजारमा मंगलबार सुनको भाउ बढेको छ भने चाँदी घटेको छ । सोमबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार पाँच सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २८ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ । सोमबार सुन प्रतितोला तीन लाख २६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला ६ हजार २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार आठ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय पाँच रूपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार तीन सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्