काठमाडौं । भिभोले मार्च २ देखि ५ सम्म स्पेनको राजधानी बार्सिलोनामा हुने मोबाइल वल्र्ड कंग्रेस (एमडब्लूसी) २०२६ मा आगामी फ्ल्यागसिप फोन ‘एक्स३०० अल्ट्रा’ को पहिलो ग्लोबल प्रिभ्यु प्रस्तुत गर्ने भएको छ । भिभोले एमडब्लूसीमा उपस्थिति जनाउँदै नयाँ फोन ‘एक्स३०० अल्ट्रा’को प्रि भ्यु प्रस्तुत गर्न लागेको हो ।
कम्पनीले विश्वव्यापी प्रविधि नेतृत्वतर्फको यात्रामा अघि बढ्नु महत्त्वपूर्ण रणनीतिक उपलब्धि भएको जनाएको छ । यसले भिभोको अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्ने र प्रिमियम पोर्टफोलियो सुदृढ गर्ने प्रतिबद्धता झल्काउने कम्पनीको दाबी छ ।
मोबाइल प्रविधिको लागि विश्वकै सबैभन्दा प्रभावशाली मञ्चको रूपमा रहेको एमडब्लूसीले भिभोलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, उद्योग नेतृत्व, अपरेटर तथा साझेदारहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्नुका उच्चस्तरीय नवप्रवर्तनप्रति कम्पनीको दीर्घकालीन प्रतिबद्धता प्रस्तुत गर्ने कम्पनीको दाबी छ । एमडब्लूसी २०२६ मा भिभोको मुख्य आकर्षण एक्स३०० अल्ट्राको प्रिभ्यु रहनेछ ।
एक्स३०० अल्ट्राको नवीनतम् प्रिमियम डिजाइन र इमेजिङ क्षेत्रका प्रगतिहरूको प्रारम्भिक झलक प्रदान गर्ने अपेक्षा गरिएको छ । एक्स३०० अल्ट्रा मोबाइल फोटोग्राफी र भिडियोग्राफीमा भिभोको हालसम्मकै सबैभन्दा उन्नत प्रयास भएको र यसमा अप्टिक्स इन्जिनियरिङ, कम्प्युटेसनल फोटोग्राफी तथा सिस्टम-स्तरीय अप्टिमाइजेसनमा गरिएको निरन्तर लगानीको परिणाम झल्किने कम्पनीको दाबी छ ।
यस्तै, भिभोले एमडब्लूसी २०२६ मा एक्स३०० सिरिज, भिभो एक्स फोल्ड ५, भी७० सिरिजलगायत उत्पादनको फराकिलो शृंखला प्रदर्शन गर्ने कार्यक्रम छ । ह्यान्ड्स-अन डेमोहरूमार्फत इमेजिङ र एआई जस्ता उन्नत प्रविधिहरू कसरी सहज, मानव-केन्द्रित अनुभवहरूमा रूपान्तरित हुन्छन् भन्ने देखाइने कम्पनीले जनाएको छ ।
एमडब्लूसी २०२६ मा भिभोको उपस्थितिले विश्वव्यापी मोबाइल इकोसिस्टमसँग अझ गहिरो सहकार्य गर्ने र प्रिमियम सेग्मेन्टको अग्रपंक्तिमा प्रतिस्पर्धा गर्ने कम्पनीको स्पष्ट दृष्टिकोणलाई थप मजबुत बनाएको छ ।