• Menu

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

नेपाल प्रफिट

२०८२ फागुन १३, बुधबार ११:३१

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ । मंगलबारको तुलनामा आज (बुधबार) सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य १३० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार ७१५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो मंगललबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल पाँच हजार ५८५ रुपैयाँ थियो । यस्तै, सोमबार एक तोला सुनको मूल्य तीन लाख १३ हजार ५०० र एक तोला चाँदी पाँच हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्