• Menu

लगातार दोस्रो दिन बढ्यो नेप्से

नेपाल प्रफिट

२०८२ फागुन १२, १६:१९

लगातार दोस्रो दिन बढ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार २१ अंकले बढेको छ । नेप्सेमा सूचीकृत सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक २१.६२ अंकले बढेर २६३८.६० अंकमा उक्लिएको हो । नेप्से सोमबार पनि २.४१ अंकले बढेको थियो ।

आज ३२८ कम्पनीको ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर ४९ हजार ९३ पटक खरिद-बिक्री हुँदा चार अर्ब २३ करोड २४ लाख सात हजार ६१३ रुपैयाँको कारोबार भएको छ ।

सबै समूहका उपसूचक बढेका छन् । बैंकिङ ०.३०, विकास बैंक १.११, वित्त ०.६४, होटल तथा पर्यटन २.०२, जलविद्युत् १.२७, र लगानी समूह ०.६१ प्रतिशतले बढेका छन् ।

त्यस्तै जीवन बिमा समूह ०.७०, उत्पादन तथा प्रशोधन १.७६, लघुवित्त ०.७९, म्युचुअल फन्ड ०.०९, निर्जीवन बिमा ०.५२, व्यापार १.४९ र अन्य समूह ०.३३ प्रतिशतले बढेका छन् ।

सलपा विकास बैंकको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने नेपाल एसबीआई बैंकको सेयर मूल्य ३.५८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपालको ३७ करोड ७२ लाख ९१ हजार ३२० रुपैयाँको खरिद-बिक्री भएको छ। त्यस्तै, कारोबार भएका सेयर संख्याका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको ६ लाख ९७ हजार १४८ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्