बाँके । विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले नेपालगन्जको सेतु बिकेचोक र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । यी सुविधा केन्द्र साओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनीले जनाएको छ ।
नयाँ सर्भिस सेन्टरमार्फत साओमीका स्मार्टफोन, वेअरएबल्स (जस्तै : स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन/हेडफोन) तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ । सर्भिस सेन्टरले साओमीका वास्तविक (जेन्युन) स्पेयर पाट्र्स उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
सर्भिस सेन्टर टेलिडाइरेक्ट प्रालिले सञ्चालन गर्नेछ । टेलिडाइरेक्ट रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर साओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ ।
सर्भिस सेन्टर सुरु भएको अवसरमा ग्राहकलाई सबै उपकरणको निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेड, वारेन्टीबाहिर रहेका स्पेयर पाट्र्स र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट र वारेन्टीबाहिरका स्पेयर पाट्र्समा कुनै सर्भिस शुल्क नलाग्ने जस्ता सुविधा प्रदान गरिएको छ ।