• Menu

नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्सबीच छुट सम्झौता 

नेपाल प्रफिट

२०८२ फागुन १२, ०९:४३

नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्सबीच छुट सम्झौता 

काठमाडौं । नेपाल बैंकका कर्मचारी, परिवार र ग्राहकले सिग्मा डायग्नोस्टिक्स ल्याबोरेटरी प्रालिको सेवामा विशेष छुट पाउने भएका छन् । छुटसम्बन्धी सम्झौता पत्रमा बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र सिग्माका ल्याब निर्देशक वेदप्रकाश मिश्रले हस्ताक्षर गरेका छन् ।

भक्तपुर-९ राधेराधेस्थित सिग्मा डायग्नोस्टिक्स ल्याबोरेटरीले अब नेपाल बैंकका ग्राहक, बैंकका कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई प्याथोलोजी ल्याबका विभिन्न सेवामा डिजिटल माध्यमबाट भुक्तानी गर्दा बिल रकममा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिनेछ ।

प्रतिक्रिया दिनुहोस्