• Menu

सुनचाँदी व्यवसायी संघले आयोजना गरेको शिविरमा २५० जनाले गरे स्वास्थ्य परीक्षण

नेपाल प्रफिट

२०८२ फागुन ११, २२:२८

सुनचाँदी व्यवसायी संघले आयोजना गरेको शिविरमा २५० जनाले गरे स्वास्थ्य परीक्षण

काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा २५० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । संघले क्षेत्रपाटीस्थित कार्यालय रहेको स्वाँछपु गणेशस्थान परिसरमा फागुन १० गते आइतबार बृहत् स्वास्थ्य शिविर आयोजना गरेको हो ।

संघको २४औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको स्वास्थ्य शिविर तथा चियापान कार्यक्रममा सदस्यहरु, सदस्यका परिवारजन, कालिगढ, कर्मचारी सबैले सहभागिता जनाएका थिए ।

बिहान ८ बजेदेखि १०:३० सम्म आयोजना गरिएको शिविरमा नि:शुल्क चिकित्सक परामर्श, रगत परीक्षण, बीएमआई परीक्षण, प्रिभिलेज कार्ड वितरण, आँखाको जाँच तथा दन्त परीक्षण गरिएको संघका सचिव लेखरत्न शाक्यले जानकारी दिए ।

त्यस्तै र्‍यान्डम ब्लड सुगर, सिरम ट्राइग्लिसराइड्स र क्रिएटिनिन परिक्षणबाहेकका रगतका अन्य परीक्षणमा पनि ६० प्रतिशतमात्र भुक्तानी लिइएको थियो । संघले समय-समयमा सामाजिक उत्तरदायित्वका गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्