• Menu

सुनचाँदी व्यवसायी संघको आयोजनामा फागुन १० मा नि:शुल्क स्वास्थ्य शिविर

नेपाल प्रफिट

२०८२ फागुन ८, शुक्रबार १२:४८

सुनचाँदी व्यवसायी संघको आयोजनामा फागुन १० मा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । संघले क्षेत्रपाटीस्थित कार्यालय रहेको स्वाँछपु गणेशस्थान परिसरमा फागुन १० गते आइतबार बृहत् स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।

संघको २४औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको स्वास्थ्य शिविर तथा चियापान कार्यक्रममा सदस्यहरु, सदस्यका परिवारजन, कालिगढ, कर्मचारी सबैलाई सहभागिताका लागि अपिल गरिएको छ ।

बिहान ८ बजेदेखि १०:३० सम्म आयोजना हुने शिविरमा चिकित्कस परामर्श, रगत परीक्षण, बीएमआई परीक्षण, प्रिभिलेज कार्ड वितरण, आँखाको जाँच तथा दन्त परीक्षण हुने संघका सचिव लेखरत्न शाक्यले जानकारी दिए ।

र्‍यान्डम ब्लड सुगर, सिरम ट्राइग्लिसराइड्स र क्रिएटिनिन परिक्षणबाहेकका रगतका अन्य परीक्षणमा पनि ६० प्रतिशतमात्र भुक्तानी गरे पुग्नेछ । नि:शुल्क स्वास्थ्य परीक्षणमा सहभागी भई लाभ उठाउन सचिव शाक्यले सबैमा अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्