काठमाडौं । बिवाइडी एट्टो २ इलेक्ट्रिक एसयूभीको मूल्य बढेको छ । बिवाइडीका लागि नेपालको आधिकारिक विक्रेता साइमेक्स इंकका अनुसार एट्टो २ को मूल्य एक लाख १ हजार रुपैयाँ बढेको हो ।
त्यस्तै बिवाइडीको सिलायन ७ एसयूभीको मूल्य ३ लाख १ हजार रुपैयाँ बढेको छ । बढेको मूल्य अब भित्रिने नयाँ गाडीका लागि लागू हुने कम्पनीले जनाएको छ । मूल्य बढ्नुअघि एट्टो २ को मूल्य ४३ लाख ९९ हजार रुपैयाँ र सिलायन ७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ थियो ।
कम्पनीका अनुसार अब बिवाइडी एट्टो २ को मूल्य ४५ लाख र सिलायन ७ को मूल्य ७८ लाख रुपैयाँ कायम भएको छ ।