• Menu

माघ महिनामा ५० हजार लिखत पारित, ५ अर्ब राजस्व संकलन

नेपाल प्रफिट

२०८२ फागुन ४, १३:१४

माघ महिनामा ५० हजार लिखत पारित, ५ अर्ब राजस्व संकलन

काठमाडौं । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले ५ अर्ब ९ लाख २४ हजार राजस्व संकलन गरेका छन् । गत पुसमा ५ अर्ब १७ करोड ३२ लाख  राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो ।

देशभरको मालपोतको राजस्व संकलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन ।

विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ । गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको संख्यामा केही बढोत्तरी भएको छ ।

विभागका अनुसार गत माघमा सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार ४८८, रजिस्ट्रेसन दस्तुर दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ संकलन भएको थियो । त्यसैगरी पुँजीगत लाभकरबापत एक अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ संकलन भएको विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्