• Menu

समृद्धि फाइनान्सको साधारण सभाबाट पोखरा फाइनान्ससँगको मर्जर प्रस्ताव पारित

नेपाल प्रफिट

२०८२ माघ १४, बुधबार १७:०९

समृद्धि फाइनान्सको साधारण सभाबाट पोखरा फाइनान्ससँगको मर्जर प्रस्ताव पारित

काठमाडौं । समृद्धि फाइनान्सले पोखरा फाइनान्ससँग मर्जरमा जाने प्रस्तावलाई वार्षिक साधारण सभाबाट सर्वसम्मत रूपमा पारित गरेको छ ।

हेटौंडास्थित होटल एभोकाडोमा बुधबार सम्पन्न साधारण सभाले मर्जर प्रक्रियाका बाँकी सम्पूर्ण कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको हो । यस निर्णयसँगै दुवै संस्थाबीचको एकीकरण प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्ने भएको छ ।

सभामा कम्पनीका अध्यक्ष अजयकुमार मिश्रले मर्जरले संस्थाको पुँजी संरचना सुदृढ हुनुका साथै सेवा विस्तार र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने विश्वास व्यक्त गरे । त्यस्तै प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले मर्जरपछि वित्तीय पहुँच, प्रविधि र जोखिम व्यवस्थापनमा थप मजबुती आउने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्