काठमाडौं । नेपाल एसबीआई बैंकले लाभांश घोषणा गरेको छ । मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ८९ करोड ९१ लाख ५८ हजार ६८ रुपैयाँ छ । प्रस्तावित लाभांशमा ४ प्रतिशत बोनस र ५ प्रतिशत नगद (करसहित) हिस्सा छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीले लाभांश पाउनेछन् ।
कम्पनीले यो वर्ष प्रस्ताव गरेको लाभांश गत वर्षको भन्दा थोरै कम हो । गत आवमा कम्पनीले १०.६५ प्रतिशत लाभांश बाँडेको थियो । त्यस्तै आव २०८०/८१ मा १०.५५ र आव २०७९/८० मा १०.५३ प्रतिशत लाशांश वितरण गरेको थियो ।