• Menu

लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टले डाक्यो साधारण सभा, बुक क्लोज मंसिर १२ गते हुने

नेपाल प्रफिट

२०८२ मंसिर ३, बुधबार १०:५९

लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टले डाक्यो साधारण सभा, बुक क्लोज मंसिर १२ गते हुने

काठमाडौं । सर्वोत्तम सिमेन्टले आगामी मंसिर २६ गते सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा डाक्ने निर्णय गरेको थियो । सभा भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बिहान ११ बजेबाट सुरु हुनेछ। कम्पनीले गत आर्थिक वर्षका लागि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ।

जसअनुसार ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश करसहित शेयरधनीलाई वितरण गर्ने प्रस्ताव छ । बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रवन्धपत्र संशोधनको प्रस्ताव पनि सभामा पेश गरिनेछ । साथै, सञ्चालकहरूको मासिक पारिश्रमिक, बैठक भत्ता तथा उपसमिति बैठक भत्तासमेत अनुमोदनका लागि प्रस्तुत गर्ने जनाएको छ ।

सभाले सञ्चालक समितिका अध्यक्षले पेश गर्ने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदन पारित गर्नेछ। साथै जारी आवका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण पनि गरिनेछ।

लाभांश वितरण तथा साधारण सभाका लागि कम्पनीले मंसिर १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्