काठमाडौं । राजधानीको भृकुटीमण्डपमा अटो व्यवसायीहरुको कुम्भ मेला नाडा अटो सो २०२५ को भव्य उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार १७औं संस्करणको नाडा अटो सो को उद्घाटन गरेका हुन् ।
प्रदर्शनीमा चारपांग्रे, दुईपांग्रे तथा हल्का व्यावसायिक सवारीसाधन, ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण, वित्तीय सेवा प्रदायक लगायतका १२५ भन्दा बढी प्रदर्शक सहभागी छन् ।
मेलामा नेपालकै पहिलो इभीटोल दिपलको उड्ने ट्याक्सी प्रदर्शनीमा राखिएको छ । एमएडब्लू वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै इभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ)लाई नाडा अटो सो मा प्रदर्शनीमा राखेको हो । भदौ ८ सम्म चल्नेछ ।
धारणा राख्दै प्रधानमन्त्री केपी शर्मा ओली ।
धारणा राख्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ।स्वागत मन्तव्य राख्दै नाडाका अध्यक्ष करणकुमार चौधरी ।