• Menu

साउनपछि नियुक्त हुने सबै कर्मचारी योगदानमा आधारित सामाजिक सुरक्षामा, एसएसएफमार्फत पेन्सन

नेपाल प्रफिट

२०८२ असार २०, शुक्रबार १५:१६

साउनपछि नियुक्त हुने सबै कर्मचारी योगदानमा आधारित सामाजिक सुरक्षामा, एसएसएफमार्फत पेन्सन

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ ।

अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको हो ।

योगादनमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नव्यहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत निजी क्षेत्रका सबै संगठित संस्थाहरुलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीति लिइसकेको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका संस्थाहरुको नवीकरण नै हुने छैन । तर, अर्थ मन्त्रालयले कम्पनी रजिस्टार कार्यालयलगायतका सम्बन्धित निकायलाई त्यसबारे परिपत्र भने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्