• Menu

एससीटी-यूपीआई कार्ड ग्राहकलाई मौलाकाली केवल कारमा १० प्रतिशत छुट

नेपाल प्रफिट

२०८२ असार ३, १२:२९

एससीटी-यूपीआई कार्ड ग्राहकलाई मौलाकाली केवल कारमा १० प्रतिशत छुट

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले जारी गर्दै आएको एससीटी-यूपीआई कार्डका सम्पूर्ण ग्राहकलाई मौलाकाली केवल कारमा १० प्रतिशत छुट हुने भएको छ ।

समुद्री सतहबाट १ हजार ८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकको यात्रा अझ सहज र सुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केवल कारले यो अफर ल्याएको हो । अफरअन्तर्गत ग्राहकले एससीटी-यूपीआई कार्डबाट पीओएस मेसिनमार्फत टिकट खरिद गर्दा १० प्रतिशत छुट हुनेछ ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १ सयभन्दा बढी सहकारी संस्थामार्फत एससीटी-यूपीआई कार्ड जारी गर्दै आइरहेको छ । यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

एससीटी-यूपीआई कार्ड नहुने ग्राहकले पनि यस अफरमा सहभागी हुन नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी-यूपीआई  कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्