एजेन्सी । लोकतान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) को उत्तरपश्चिमी टुम्बा तालमा डुंगा डुब्दा कम्तीमा ४८ जनाको मृत्यु भएको डिआरसी सरकारले आइतबार जनाएको छ ।
बुधबार इक्वेटोर प्रान्तको बिकोरो नजिकैको घटनापछि ४६ जना यात्रुलाई उद्धार गरिएको छ भने एक सय सात जना बेपत्ता छन् । अधिकारीहरूले अहिलेसम्म ४८ वटा शव बरामद गरेको उपप्रधानमन्त्री तथा आन्तरिक तथा सुरक्षामन्त्री ज्याकमेन शाबानीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पीडितहरू तीनवटा मोटर चालित डुंगामा सवार थिए । ती डुंगा तालमा गम्भीर मौसमका कारणले पल्टिएको विज्ञप्तिमा भनिएको छ ।
रिपोर्टका अनुसार मृतकको संख्या ६० भन्दा बढी हुनसक्छ । स्थानीय स्रोतलाई उद्धृत गर्दै एएफपी समाचार एजेन्सीले डुंगामा रहेका अधिकांश यात्रुले बिकोरो क्षेत्रको गाउँको अन्त्येष्टिमा मृत महिलाको शव बोक्दै गर्दा डुंगाहरू सम्भवतः ओभरलोड भएका थिए ।
परिस्थितिको आकलन गर्न र मानवीय सहायताको समन्वय गर्न बिकोरोमा एक अन्तर-मन्त्रालय मिसन पठाइएको पनि विज्ञप्तिमा उल्लेख छ । यस्तै त्रासदीहरू रोक्न, प्रकोप रोकथाम संयन्त्रलाई सुदृढ पार्न र समुदायको लचिलोपन बढाउन निरन्तर प्रयास गर्न आह्वान गरिएको छ ।