काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ विन्दुमा कायम भएको हो ।
आज तीन सय १८ कम्पनीका तीन करोड ३६ लाख ३७ हजार नौ सय ६६ कित्ता शेयर एक लाख पाँच हजार ६ सय ३५ पटक खरिदबिक्री हुँदा १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार सात सय ४२ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा वित्त समूह १.२२, जलविद्युत एक, लगानी ०.१३ उत्पादन तथा प्रशोधन ०.३३ र अन्य समूह ०.३३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ४.६९ प्रतिशतले बढेको छ । बैंकिङ ०.४८, विकास बैंक ०.२९, जीवन बीमा ०.१२, लघुवित्त ०.५९, म्युचुअल फन्ड ०.३५, निर्जीवन बीमा ०.२५ र व्यापार समूह ०.०९ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा पिओर इनर्जी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै गुमाउनेमा भने अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ७.५८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा माई हाईड्रोपावर लिमिटेडको ९५ करोड १६ लाख २२ हजार ६ सय ८७ बराबरको शेयर किनबेच भएको छ ।
त्यस्तै खरिदबिक्री भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन ८०-२० को २७ लाख एक हजार आठ सय कित्ता शेयर किनबेच भएको छ ।