• Menu

वीरगन्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व संकलन

नेपाल प्रफिट

२०८२ असार २, १०:५७

वीरगन्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व संकलन

पर्सा । वीरगन्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व संकलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ प्रतिशत राजस्व संकलन गरेको हो ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले पनि जेठ महिनामा राजस्व संकलन उत्साहप्रथ रहेको जानकारी दिए । ‘विगत एघार महिनाको तथ्यांक केलाउदा जेठ महिनामा सबैभन्दा धेरै राजस्व संकलन भएको छ,’ उनले भने, ‘राजस्व संकलनमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात रहेको छ ।’

कार्यालयले साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मंसिरमा १४ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो । त्यस्तै पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड राजस्व संकलन गरेको थियो ।

यस्तै फागुनमा १४ अर्ब ६३ करोड राजस्व संकलन गरेको छ भने चैतमा भने १५ अर्ब ४७ करोड राजस्व संकलन गरेको छ । वैशाखमा भने १५ अर्ब ७२ करोड राजस्व संकलन गरेको छ । जेठ महिनामा १८ अर्ब १८ करोड राजस्व संकलन गरेको छ । चालु आवको एघार महिनामध्ये जेठमा सबैभन्दा धेरै राजस्व संकलन भएको हो ।

भन्सार विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्