• Menu

नेप्सेमा झिनो अंकको सुधार, ११ अर्बभन्दा बढीको कारोबार

नेपाल प्रफिट

२०८२ असार १, १६:२५

नेप्सेमा झिनो अंकको सुधार, ११ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकको सुधार देखिँदा कारोबार रकम बढेको छ । आज नेप्से परिसूचक ०.४७ अंकले बढेर दुई हजार ६ सय ५५.८५ को बिन्दुमा कायम भएको हो ।

आज ३०८ कम्पनीको दुई करोड ५३ लाख ९३ हजार ७६२ कित्ता शेयर ९५ हजार ३७४ पटक खरिदबिक्री हुँदा ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६.९४ को कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक समूह ०.४८, जलविद्युत ०.९६, उत्पादन तथा प्रशोधन १.४७, निर्जीवन बिमा ०.०७ र व्यापार समूह १.०८ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ ०.४४, वित्त ०.५९, होटल तथा पर्यटन ०.०६, लगानी ०.७६ र जीवन बिमा ०.५४ प्रतिशतले घटेका छन् । त्यस्तै, लघुवित्त ०.३१, म्यचुअल फण्ड ०.४१ र अन्य समूह ०.४६ प्रतिशतले घटेका हुन् ।

ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड, प्युअर् इनर्जी लिमिटेड र छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ४.४३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा माई हाइड्रोपावर लिमिटेडको ८९ करोड एक लाख बराबरको शेयर किनबेच भएको छ ।

कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको २० लाख ७५ हजार एक सय ९७ कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्