• Menu

बाँकेको झिझरी खोलामा तटबन्ध निर्माण, बाढीबाट बस्ती जोगिने

नेपाल प्रफिट

२०८२ जेठ ३०, शुक्रबार १२:५०

बाँकेको झिझरी खोलामा तटबन्ध निर्माण, बाढीबाट बस्ती जोगिने

बाँके । राप्ती सोनारी गाउँपालिका-९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माण भएको छ ।

झिझरी खोलाको बाढीले गर्ने डबवान र कटान रोक्न लुम्बिनी प्रदेश सरकारको बजेटमा झिझरी खोला झोलुंगे पुल नजिकै तटबन्ध निर्माण गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख आशिष विकले जानकारी दिए ।

प्रदेश सरकारको रु ३५ लाख ६२ हजार बजेटमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयद्वारा झिझरी खोला झोलुंगे पुल नजिकै तटबन्ध निर्माण भएको हो ।

तटबन्ध निर्माणपछि झिझरी खोलाको कटान र डुबानबाट बस्ती जोगिने राप्ती सोनारी गाउँपालिका-९ तल्लो महादेवा निवासी हेम चापागाईंले बताए ।

यसैबीच, झिझरी खोलामा पक्की पुल नहुँदा वर्षा याममा साना सवारी आवागमन ठप्प हुने भएकाले महादेवा गाउँका बासिन्दालाई कठिन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्