• Menu

सिटिजन्स बैंकद्वारा सुदूरपश्चिम प्रदेशमा पनि वृक्षारोपण

नेपाल प्रफिट

२०८२ जेठ ३०, शुक्रबार ११:४०

सिटिजन्स बैंकद्वारा सुदूरपश्चिम प्रदेशमा पनि वृक्षारोपण

काठमाडौं । ‘बिट द प्लास्टिक’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जगेर्ना तथा प्रवर्धन गर्ने हेतुले सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार सुदूरपश्चिम प्रदेशको धनगढीमा बृहत वृक्षारोपण कार्यक्रम गरेको छ ।

विश्व वातावरण दिवस २०२५ को अवसरमा आयोजित बृहत वृक्षारोपण कार्यक्रमअन्तर्गत वडा नम्बर ३ कार्यालय परिसर धनगढीमा करिब १ सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।

बै‌ंकले अन्य प्रदेशमा पनि वृक्षारोपण गरिसकेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले देशका विभिन्न स्थानहरुमा  स्वास्थ्य शिविर सञ्चालन, समुदायिक विद्यालय एवं मठ मन्दिरहरुमा सहयोग गर्दै आएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ उपाधि प्राप्त गर्न सफल बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सुविधा ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशभरका ६१ जिल्लामा फैलिएका २ सय शाखा, १६८ एटीएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट १९ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्