• Menu

सुनको मूल्य एकैदिन तोलामा चार हजार २०० ले बढ्यो

नेपाल प्रफिट

२०८२ जेठ ३०, शुक्रबार ११:१०

सुनको मूल्य एकैदिन तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं । गत मंगलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा ४ हजार २०० ले वृद्धि भएको छभने चाँदीमा १५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ ।

गत मंगलबार एक तोला सुन एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी दुई हजार १६५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्