• Menu

सेयर बजार ९ अंकले घट्यो, १२ अर्ब ५१ करोडको कारोबार

नेपाल प्रफिट

२०८२ जेठ २९, १६:३८

सेयर बजार ९ अंकले घट्यो, १२ अर्ब ५१ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९.०८ अंक अर्थात् ०.३४ प्रतिशतले घटेर दुई हजार ६५५.३८ अंकमा सीमित भएको छ ।

विभिन्न तीन सय ११ कम्पनीका दुई करोड ८६ लाख सात हजार ६५८ कित्ता शेयर एक लाख दुई हजार ८९५ पटक खरिद बिक्री हुँदा १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार ९६१.६१ मा कारोबार भएको छ ।

आज उपसमूहतर्फ वित्त, होटल तथा पर्यटन, जलविद्युत् र म्युचुअल फण्डको उपसूचक उकालो लागेको छ भने बाँकी उपसमूह घटेको छ ।

साथै पियोर इनर्जी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशत, चन्द्रागिरी हिल्स लिमिटेडको ६.७८ प्रतिशत र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ५.९९ प्रतिशतले बढेको छ ।

साथै गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९० प्रतिशत, रिभल फल्स पावर लिमिटेडको ६.९७ प्रतिशत र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य ५.५८ प्रतिशतले घटेको छ ।

आजको कारोबारपछि बजार पुँजिकरण ४४ खर्ब २३ अर्ब ३ करोड ७१ लाख ९५ हजार २०८ रुपैयाँ ३४ पैसा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्