• Menu

अहमदाबादमा २४२ यात्रु सवार एयर इन्डियाको विमान दुर्घटना  

नेपाल प्रफिट

२०८२ जेठ २९, १५:२३

अहमदाबादमा २४२ यात्रु सवार एयर इन्डियाको विमान दुर्घटना  

अहमदाबाद । भारतको अहमदाबाद विमानस्थलबाट उडेको केही समयमै एयर इन्डियाको लन्डन जाने विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटना अहमदाबादको मेघानीनगर क्षेत्रमा भएको हो । प्रहरीका अनुसार विमानमा २४२ यात्रु सवार थिए ।

दुर्घटनालगत्तै घटनास्थलबाट कालो धुवाँको ठूलो मुस्लो आकाशमा फैलिएको देखिएको थियो । प्रहरीका उप आयुक्त कानन देसाईले दुर्घटनामा हताहतको संख्याबारे विवरण संकलन भइरहेको बताएका छन् ।

घटनास्थलमा आगो निभाउनका लागि ७ वटा दमकल पठाएको अग्नि अधिकारी जयेश खाडियाले बताए । घाइते यात्रुहरूलाई नजिकका अस्पतालहरूमा पुर्‍याइएको छ ।

अधिकारीहरूले आपत्कालीन सेवाहरूलाई निर्वाध पहुँचका लागि विमानस्थल र वरपरको दुर्घटना क्षेत्रतर्फ जाने सडकहरू बन्द गरेका छन् । भीडभाड व्यवस्थापनका लागि ट्राफिक डाइभर्सन पनि लागू गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्