• Menu

प्रोडक्ट रिभ्यु

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’बाट पहिलो टिकट नि:शुल्क, कसरी लिने फाइदा ?

नेपाल प्रफिट

२०८२ जेठ २९, १०:४५

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’बाट पहिलो टिकट नि:शुल्क, कसरी लिने फाइदा ?

काठमाडौं । ग्राहकका लागि सहज सेवा र आकर्षक स्किम उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल ग्लोबल आइएमई बैंकले यसपटक यती एयरलाइन्ससँग सहकार्य गरेको छ । बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्किम’ आरम्भ गरेको हो ।

काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरेका छन् । ग्लोबल आइएमई बैंक नेपाली बैंकिङ क्षेत्रमा नयाँ-नयाँ सेवा र स्किम ल्याउँदै ग्राहकलाई सरप्राइज प्याकेज दिने बैंकका रुपमा परिचित छ ।

‘ग्लोबल स्काई क्लब कार्ड स्किम’ मार्फत पहिलो पटक यती एयरलाइन्सको टिकट खरिद गर्दा ‘नि:शुल्क’ उपलब्ध हुने भएको छ । त्यति मात्र होइन, नियमित कार्ड प्रयोग गरी कारोबार गर्दा ग्राहक तथा यात्रुले विशेष छुट, बोनस पोइन्ट, प्राथमिक चेक-इन सेवा, अतिरिक्त तौल सुविधालगायत प्राप्त गर्नेछन् ।

यसले ग्लोबल आइएमई बैंकका ग्राहकलाई सरप्राइज प्याकेजसहित नवीन सुविधाको अनुभव गराउने कम्पनीको विश्वास छ । ग्लोबल आइएमई बैंकका ग्राहकले ग्लोबल स्काई क्लब कार्डमार्फत यती एयरलाइन्सको पहिलोपटक टिकट खरिद गर्दा पुरै रकम क्यासब्याक पाउँछन् । त्यसैगरी, कार्डबाहक ग्राहकले यती एयरलाइन्सको कुनै पनि टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

कसरी फाइदा लिने कार्डबाट ?

बैंकका अनुसार कार्ड जारी गर्ने समयमा ग्राहकले १०० रुपैयाँ बोनस प्वाइन्ट पाउँछन् । यस्तो बोनस छुट, पुरस्कार वा अन्य सेवा उपयोगमा प्रयोग गर्न सकिन्छ । कार्डका माध्यमबाट पीओएस (प्वाइन्ट अफ सेल) वा ई-कमर्स प्लेटफर्ममा खरिद गर्दा हरेक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ । यसले डिजिटल कारोबारलाई प्रोत्साहन मात्र गर्दैन, कार्ड प्रयोगकर्तालाई बारम्बार फाइदा लिने अवसरसमेत दिने बैंकले जनाएको छ ।

विमानस्थलमा प्राथमिकता, पाँच किलो अधिक तौल सुविधा

ग्लोबल स्काई क्लब कार्डबाहकले विमानस्थलमा समेत प्राथमिकता पाउनेछन् । यती एयरलाइन्सका अनुसार चेक-इन तथा बोर्डिङ प्रक्रिया छिटोछरितो गराइनेछ । यस्तो कार्डबाहक यात्रुले लगेजमा समेत अधिकतम तौल सीमाभन्दा ५ किलो अतिरिक्त सामान बोक्न पाउने सुविधा यती एयरलाइन्समा पाउनेछन् । बढी तौलको लगेजका साथ यात्रा गर्ने यात्रुलाई यो सुविधा निकै फलदायी हुने बैंकको विश्वास छ ।

के भन्छन् सरोकारवाला ?

बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मी ग्लोबल आइएमई बैंक र यती एयरलाइन्सबीचको यो सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने बताउँछन् । यो सहकार्यले डिजिटल बैंकिङलाई थप सशक्त बनाउने उनको विश्वास छ ।

उनी भन्छन्, ‘ग्लोबल आइएमई बैंक नयाँ प्रविधिको प्रयोगसँगै ग्राहकमैत्री सेवा र समयानुकूल योजना ल्याउन सधैं तत्पर छ ।’ यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा ग्लोबल आइएमई बैंकसँगको सहकार्यबाट बैंक र एयरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राही लाभान्वित हुने बताउँछन् ।

‘हामीले ग्लोबल आइएमई बैंकसँग मिलेर यस्तो योजना ल्याएका छौं, जसले दुवै संस्थाका ग्राहकलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ,’ उनी भन्छन्, ‘भविष्यमा अझ नयाँ र परिस्कृत सेवा ल्याउनेछौँ ।’ ग्लोबल आइएमई बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।

गर्विलो बैंक, सशक्त सेवा

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरोमनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । यसबाहेक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुबाट फरक-फरक विधामा सम्मानित बैंकको वर्तमान गर्विलो छ । सेवा सशक्त छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकमा बैंकिङ सेवासँगै अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवासमेत पुर्‍याउँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका देशबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

अर्कोतर्फ निजी क्षेत्रतर्फ सञ्चालित नेपालको अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्स २६ वर्षदेखि नेपाली आकाशमा उत्कृष्ट सेवाका साथ उडिरहेको छ । सात एटीआर ७२ जहाजबाट यतीले नेपालका सुगम क्षेत्रमा उडान गर्छ ।

पर्वतीय उडानमा समेत यतीको दरिलो उपस्थिति छ । यतीको भगिनी कम्पनी तारा एयरले दुर्गम भेग र दूरदराजका नागरिकलाई सुलभ हवाई सेवा उपलब्ध गराइरहेको छ । यो कम्पनीले वार्षिक १० लाखभन्दा बढी यात्रुलाई सुरक्षित हवाई सेवा दिइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्