• Menu

नेप्सेमा दोहोरो अंकको गिरावट, १३.६९ अंकले घट्यो परिसूचक

नेपाल प्रफिट

२०८२ जेठ २८, बुधबार १६:३५

नेप्सेमा दोहोरो अंकको गिरावट, १३.६९ अंकले घट्यो परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३.६९ अंकले घटेर दुई हजार ६६४.४७ को विन्दुमा कायम भएको हो ।

आज तीन सय सात कम्पनीको दुई करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर ८१ हजार ७०३ पटक खरिदबिक्री हुँदा ९ अर्ब ९० करोड ७० लाख पाँच हजार ५७५.० आठको कारोबार भएको छ । जलविद्युत समूह १.१३ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेका छन् ।

आजको कारोबारमा बुटवल पावर कम्पनी लिमिटेड, प्युअर इनर्जी लिमिटेड र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ५.८९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी लिमिटेडको सबैभन्दा बढी ६१ करोड ५७ लाख १७ हजार १४४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटरको सबैभन्दा बढी १० लाख ८९ हजार ५४८ कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्