• Menu

सुनको मूल्य तोलामा १३ सय बढ्यो

नेपाल प्रफिट

२०८२ जेठ २८, बुधबार ११:०२

सुनको मूल्य तोलामा १३ सय बढ्यो

काठमाडौं । मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० र चाँदीमा १५ ले बढोत्तरी भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोल सुनको मोल एक लाख ९१ हजार ३०० कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्