काठमाडौं । सिटिजन्स बैंकले गण्डकी प्रदेशको बेनी नगरपालिका वडा नं ६ जामुनाखर्कमा यात्रु प्रतीक्षालय निर्माण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको बेनी शाखाले करिब ५० हजारको लागतमा प्रतीक्षालय निर्माण गरेको हो । यात्रु प्रतीक्षालय वडा अध्यक्ष कृष्णसिङ बानियाँलाई हस्तान्तरण गरिएको छ ।
साथै ‘बिट द प्लास्टिक ’भन्ने मूल नारालाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जर्गेना तथा प्रवर्धन गर्ने हेतुले सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मंगलबार गण्डकी प्रदेशको वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस हेखाखर्का, पोखरामा बृहत बृक्षारोपण कार्यक्रम गरेको छ । विश्व वातावरण दिवस २०२५ को दिन बृहत बृक्षारोपण कार्यक्रम पोखरा कास्की वडा नम्बर १५ मा करि १ सयभन्दा बढी विभिन्न प्रजातिका बरुवा रोपिएको बैंकले जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन तथा समुदायिक विद्यालय एवं मठ मन्दिरहरुमा सहयोग गरिसकेको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ उपाधि प्राप्त गर्न सफल बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सुविधा ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशभरका ६१ जिल्लामा फैलिएका २ सय शाखा, १६८ एटीएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट १९ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।