काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट होटल ग्रुपहरूमध्येको आईएमई हस्पिटालिटीबीच एससीटी-यूपीआई कार्डबाहक ग्राहकलाई ग्रुपअन्तर्गतका होटलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता हुने भएको छ ।
सम्झौतापश्चात २०२५ जुन १ देखि २०२५ डिसेम्बर ३१ सम्म लाजिम्पाटस्थित होटलले हिमालय र साके एन्ड फेङ तथा पोखरास्थित लेकसाइड रिट्रिटमा एससीटी-यूपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फुड एन्ड बेभेरेज बिलमा तथा रुमको शुल्कमा १५ प्रतिशत छुट पाउनेछन् । रुम शुल्कमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।
एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १ सयभन्दा बढी सहकारी संस्थामार्फत एससीटी-यूपीआई कार्ड जारी गर्दै आइरहेको छ । यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ । एससीटी-यूपीआई कार्ड नहुनेहरूले पनि यस अफरमा सहभागी हुन नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।