काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार २५ अंकले बढेको छ । वित्त समूहमा आएको उछालसँगै सबै समूह सकारात्मक बनेपछि समग्र बजार परिसूचक २५.०७ अंकले बढेर २६७८.१७ अंकमा उक्लिएको हो ।
वित्त समूह सर्वाधिक ५.१२ प्रतिशतले बढेको छ । नेप्से सोमबार पनि २३.१९ अंकले बढेको थियो ।
आज ३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार कित्ता सेयर १० अर्ब १६ करोड रुपैयाँबराबरमा किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा धेरै हो । सोमबार ८ अर्ब ६८ करोडको सेयर कारोबार भएको थियो ।
आज १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने सर्वाधिक कमाउने शीर्ष पाँच कम्पनीको सूचीमा प्योर इनर्जी, श्री इन्भेस्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, जानकी फाइनान्स र रिलायन्स फाइनान्स छन् ।