• Menu

रेमिट्यान्स आप्रवाह १० महिनामा १३ खर्ब ५६ अर्ब, वैशाखमा उच्च वृद्धि

नेपाल प्रफिट

२०८२ जेठ २७, १५:४९

रेमिट्यान्स आप्रवाह १० महिनामा १३ खर्ब ५६ अर्ब, वैशाखमा उच्च वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को १० महिनामा विप्रेषण आप्रवाह १३.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको तथ्यांकअनुसार १० महिनामा रेमिट्यान्स आप्रवाह १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको हो ।

गत वर्ष २०८०/८१ को सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो । २०८२ वैशाखमा विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड भएको छ । गत वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । गत वर्ष रेमिट्यान्स आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४ खर्ब ७९ अर्ब ८ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब १ अर्ब ७५ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ७३ हजार ३०७ र २ लाख ३६ हजार ३९८ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्