• Menu

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल प्रफिट

२०८२ जेठ २७, १२:१२

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबारको तुलनामा स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्यमा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोल सुनको मोल एक लाख ९० हजार कायम भएको छ । सोमबार सोही परिमाणको सुन एक लाख ९० हजार ६०० मा खरिदबिक्री भएको थियो ।

चाँदीको मूल्यमा पनि केही फेरबदल भएको छ । आज एक तोला चाँदी दुई हजार १५० मा कारोबार भइरहेको छ । सोमबार एक तोला चाँदी दुई हजार १६५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३१६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्