• Menu

प्रतिनिधिसभाको बैठक बुधबार बस्ने गरी स्थगन

नेपाल प्रफिट

२०८२ जेठ २६, १८:०२

प्रतिनिधिसभाको बैठक बुधबार बस्ने गरी स्थगन

काठमाडौं । प्रतिनिधिसभाको बैठक यही जेठ २८ गते बुधबार बस्ने भएको छ । सोमबार दिउँसो ३ बजेर ३५ मिनेटमा आधा घण्टापछि बस्ने गरी निर्धारण भएको बैठक निर्धारित समयमा बस्न नसकेपछि स्थगन भएको थियो ।

संसद् सचिवालयले सूचना टाँस गरी अर्को बैठक बुधबार दिउँसो १ बजे जनाएको हो ।

’प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको अर्को बैठक यही जेठ २८ गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण गरेको बेहोरा माननीय सदस्यको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्