काठमाडौं । लगातार चार दिन घटेको सेयर बजार सोमबार दोहोरो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३.१९ अंकले बढेर २६५३ विन्दुमा उक्लिएको हो ।
नेप्सेमा वृद्धि देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा कमी आएको छ । आइतबार ९ अर्ब १३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार ८ अर्ब ६८ करोड रुपैयाँमा सीमित रह्यो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४५ करोड रुपैयाँको कमी आएको हो । आज १९१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ वटा कम्पनीको घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रह्यो।
आज मकर जितुमाया, सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर र विन्ध्यबासिनी हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ ।
बुटवल पावरको ९.८३, मायाखोला हाइड्रोपावरको ९.७४, रावा इनर्जीको ९.१८ र घलेम्दी हाइड्रोको ९.०१ प्रतिशत मूल्य बढेको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल तथा पर्यटनको ०.२५, जीवन बीमा ०.०९ र व्यापार समूहको ०.४४ प्रतिशत घटेको छ ।
त्यस्तै, अन्यु समूह सर्वाधिक २.६३ प्रतिशतले बढेको छ। बैंकिङ ०.४३ प्रतिशत, विकास बैंक ०.१७ प्रतिशत, फाइनान्स ०.५९ प्रतिशत, लगानी १.१४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२० प्रतिशत, माइक्रोफाइनान्स ०.४८ प्रतिशत र निर्जीवन बीमा ०.४४ प्रतिशतले बढे।
आज सर्वाधिक मूल्य घट्ने कम्पनीहरूमा भूगोल इनर्जीको ७.४७, मिथिला लघुवित्तको ५.२३ र सप्तकोशी विकास बैंकको ५.११ प्रतिशत रहेका छन् ।