काठमाडौँ । सिटिजन्स बैंकले मधेस प्रदेशको धनुषामा बृहत वृक्षारोपण कार्यक्रम गरेको छ । विश्व वातावरण दिवस २०२५ को अवसर पारेर सोमबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३, मणी मण्डपमा सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेर रोपेको हो ।
‘बिट द प्लास्टिक’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जगेर्ना तथा प्रवर्धन गर्ने हेतुले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षारोपण गरिएको बैंकले जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन तथा समुदायिक विद्यालय एवं मठ मन्दिरहरुमा सहयोग गरिसकेको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ उपाधि प्राप्त गर्न सफल बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सुविधा ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशभरका ६१ जिल्लामा फैलिएका २ सय शाखा, १६८ एटीएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट १९ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।