काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ घटेको छ ।
आइतबार प्रतितोला ३ हजार रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुन प्रतितोला एक लाख ९० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदीको मूल्य भने बढेको छ।
आइतबार प्रतितोला दुई हजार एक सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।