काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा दायर गरेको हो ।
अख्तियारले दायर गरेको मुद्दाका अन्य प्रतिवादीहरुमा सुनिल पौडेल, प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरीलगायत छन् । मुद्दामा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बिगो दाबी गरिएको छ ।
नेपाल टेलिकमबाट प्रतिस्पर्धाबिना करिब ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा कैफियत देखिएको उजुरीपछि अख्तियारले विस्तृत अनुसन्धानपछि मुद्दा दर्ता गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।