• Menu

विश्व वातावरण दिवसका अवसरमा सिटिजन्स बैंकद्वारा कोशी प्रदेशमा वृक्षारोपण

नेपाल प्रफिट

२०८२ जेठ २५, १३:३९

विश्व वातावरण दिवसका अवसरमा सिटिजन्स बैंकद्वारा कोशी प्रदेशमा वृक्षारोपण

काठमाडौं । सिटिजन्स बैंकले ‘बिट द प्लास्टिक’ भन्ने मूल नारालाई आत्मसात् गर्दै विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण गरेको छ । बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जर्गेना तथा प्रवर्धन गर्ने हेतुले सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार कोशी प्रदेशको विराटनगरमा बृहत वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमअन्तर्गत विराटनगर महागरपालिका वडा नम्बर ८ मा पर्ने विश्वकर्मा चोकमा १ सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, समुदायिक विद्यालय एवं मठ मन्दिरहरुमा सहयोग गरिसकेको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड  ‘बैंक अफ द इयर २०२४’ उपाधि प्राप्त गर्न सफल बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सुविधा ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशभरका ६१ जिल्लामा फैलिएका २ सय शाखा, १६८ एटीएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट १८ लाख ९८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्