• Menu

इला होटल्स एन्ड रिसोर्टसका होटलमा एससीटी-यूपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

नेपाल प्रफिट

२०८२ जेठ २५, १२:४२

इला होटल्स एन्ड रिसोर्टसका होटलमा एससीटी-यूपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्माटच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट होटल ग्रुपहरूमध्ये पर्ने इला होटल्स एन्ड रिसोट्र्सबीच एसटीसी-यूपीआई कार्डका ग्राहकलाई १५ प्रतिशतसम्मको छुट हुने सम्झौता भएको छ ।

सम्झौतापश्चात २०२५ जुन १ देखि डिसेम्बर ३१ सम्म बागलुङस्थित इला कम्फर्ट र मौलाकालीस्थित इला होटल्स एन्ड रिसोर्टसमा एसटीसी-यूपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फुड एन्ड बेभेरेज बिल तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनु हुनेछ । रुम महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र सयभन्दा बढी सहकारी संस्थामार्फत एसटीसी-यूपीआई कार्ड जारी गर्दै आइरहेको छ । यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य छ ।

एसटीसी-यूपीआई कार्ड नहुने ग्राहकले पनि यस अफरमा सहभागी हुन नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एसटीसी-यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार