• Menu

सेयर बजार घट्यो, कारोबार रकम बढ्यो

नेपाल प्रफिट

२०८२ जेठ २२, १६:१६

सेयर बजार घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा झरेको हो ।

परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन जम्मा ५ अर्ब १६ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ७ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ९४ कम्पनीको शेयर मूल्य बढ्दा १५३ कम्पनीको घट्यो भने एउटा कम्पनीको स्थिर रह्यो।

आज जलविद्युत उपसमूहको सर्वाधिक १.१३ प्रतिशतले बढेको छ भने लगानी समूह ०.०३ प्रतिशतले बढेको छ ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.०४ प्रतिशतले घटेको छ । बैंकिङ ०.४३, विकास बैंक ०.२८, फाइनान्स ०.५६ प्रतिशत, होटल तथा पर्यटन ०.४८ प्रतिशत, जीवन बिमा ०.५६, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बिमा ०.१२, अन्य ०.६७ र व्यापार ०.८५ प्रतिशतले घटेको छ ।

आज रिभर फल्स पावर, बुटवल पावर कम्पनी र पियोर इनर्जीमा सकारात्मक सर्किट लागेको छ । वरुण हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य आज सर्वाधिक ९.३० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९१ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्