• Menu

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त

नेपाल प्रफिट

२०८२ जेठ २२, १२:११

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । कम्पनीको जेठ २२ गते बसेको सञ्चालक समिति बैठकले आजैदेखि लागू हुनेगरी ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो ।

कम्पनी सचिव भीष्म न्यौपानेका अनुसार उनको कार्यकाल चार वर्षको रहनेछ । हाल ज्ञवाली नबिल बैंकमा कायम मुकायम सीईओको रुपमा कार्यरत थिए । ज्ञानेन्द्र ढुंगानाले सीईओबाट राजीनामा दिएपछि कामुको जिम्मेवारी दिइएका ज्ञवालीलाई आज बुधबार सीईओमा नियुक्त गरिएको हो ।

चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली नेपाल राष्ट्र बैंकका साथै विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रहिसकेका छन् । उनीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामो काम गरेको अनुभव छ ।

साथै, सञ्चालक समितिले बैंकका नायब महाप्रबन्धक आदर्श बजगाईंलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ भने कानुन विभाग प्रमुख भीष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्