• Menu

नेप्से ३५ अंकले घट्यो, कारोबार रकम ६ अर्ब ६७ करोडमा सीमित

नेपाल प्रफिट

२०८२ जेठ २०, १५:५५

नेप्से ३५ अंकले घट्यो, कारोबार रकम ६ अर्ब ६७ करोडमा सीमित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से ३५.७३ अंक अर्थात १.३२ प्रतिशतले घटेर २६५८.९३ बिन्दुमा झरेको हो । बजारमा आएको गिरावटसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ९ अर्ब २२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६७ करोडको कारोबार भयो ।

आज बजारमा जम्मा ३४ कम्पनीको सेयर मूल्य बढ्दा २१४ कम्पनीको मूल्य भने घटेको छ । आज सबै उपसमुह राताम्य भएको छ । बैंकिङ समूह सबैभन्दा धेरै २.३४ प्रतिशतले घटेको छ।

त्यस्तै, विकास बैंक १.१४ प्रतिशत, फाइनान्स ०.८३ प्रतिशत, होटल तथा पर्यटन २.१२ प्रतिशत, हाइड्रोपावर ०. ९६ प्रतिशत, लगानी १.२९ प्रतिशत, जीवन बिमा ०.७४ प्रतिशत, उत्पादन ०.०१ प्रतिशत, माइक्रोफाइनान्स १.२७ प्रतिशत, निर्जीवन बिमा ०.६८ प्रतिशत, अन्य ०.९८ प्रतिशत र व्यापार समूह १.३७ प्रतिशतले घटेका छन् ।

ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, उपकार लघुवित्तको ५.५८ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको ३.० प्रतिशत मूल्य बढेको छ।

सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ४.३८ प्रतिशतले घटेको छ । बाराही हाइड्रोपावर, प्राइम कमर्सियल बैंक र लक्ष्मी सनराइज बैंकको मूल्य पनि करिब ४ प्रतिशतले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्