• Menu

सामान्य अंकले बढ्यो सेयर बजार, ९ अर्ब २२ करोडको कारोबार

नेपाल प्रफिट

२०८२ जेठ १९, १५:५०

सामान्य अंकले बढ्यो सेयर बजार, ९ अर्ब २२ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १.६० अंकले बढेर दुई हजार ६९४.६६ को विन्दुमा कायम भएको हो ।

आज ३१४ कम्पनीको दुई करोड २० लाख ३१ हजार ८८१ कित्ता शेयर ८३ हजार १६ पटक खरिदबिक्री हुँदा ९ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

विकास बैंक ०.२९, वित्त ०.१८, होटल तथा पर्यटन २.३९, लगानी २.२८, जीवन बीमा ०.२३, म्युचुअल फन्ड ०.०१ र अन्य समूह ०.३६ प्रतिशतले बढेको छ ।

अरू सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.५९, जलविद्युत् ०.३५, उत्पादन तथा प्रशोधन ०.३८, लघुवित्त ०.१२, निर्जीवन बीमा ०.१६ र व्यापार ०.३५ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र पिअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ६.४५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु ८७ करोड ४७ लाख ३८ हजार बराबरको २२ लाख दुई हजार ६७७ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्