• Menu

यात्रुको मागअनुसार टरिगाउँ विमानस्थलबाट हप्तामा पाँच दिन उडान सुरु

नेपाल प्रफिट

२०८२ जेठ १९, १०:५६

यात्रुको मागअनुसार टरिगाउँ विमानस्थलबाट हप्तामा पाँच दिन उडान सुरु

तुलसीपुर । नेपाल वायु सेवा निगमले यात्रुहरुको मागका आधारमा तुलसीपुर-१२ स्थित टरिगाउँ विमानस्थलबाट उडान भर्न थालेको छ ।

टरिगाउँ विमानस्थलमायात्रुहरुको मागअनुसार अहिले हप्तामा पाँच दिन नै उडान भरेको निगमका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारले जानकारी दिए । उनका अनुसार बुधबार र शनिबारबाहेक हप्ताका अन्य पाँच दिनमा उडान भइरहेको हो ।

टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरु नेपालगन्ज वा भैरहवा जानु पर्ने अबस्था थियो । विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन् ।

अहिले १९ सिटे जहाज मात्रै बस्ने गरेका छन् । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक-पटक उठ्ने गरेको छ । उक्त विमानस्थल २०११ सालमा बनेको हो ।

प्रतिक्रिया दिनुहोस्