काठमाडौं । सेयर बजार परिसूचक बुधबार १७.४४ अंकले उकालो लाग्दै २६९३ विन्दुमा पुगेको छ । बजारसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। अघिल्लो दिन ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ८ अर्ब ५८ करोड रुपैयाँको कारोबार भएको हो ।
आज बजार २:१० बजेपछि बढ्न थालेको हो । बजार वृद्धि खासगरी बैंकिङ समूहको सकारात्मक प्रदर्शनका कारण भएको हो । समग्र नेप्से ०.६१ प्रतिशतले बढ्दा बैंकिङ समूह १.८८ प्रतिशतले बढेको छ ।
अन्य बढ्ने समूहमा विकास बैंक १.२९, हाइड्रोपावर ०.८९, होटल तथा पर्यटन ०.८१, उत्पादन तथा प्रशोधन ०.६५, फाइनान्स ०.१८ र लगानी समूह ०.०३ प्रतिशतले उकालो लागे । तर जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूह भने क्रमशः ०.२४, ०.२६, ०.२६ र ०.०६ प्रतिशतले ओरालो लागेको छ ।
आज १४८ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ९.८५, भूगोल इनर्जीको ९.१५ र अरुण काबेली पावरको ५.८९ प्रतिशतले बढ्यो ।
उता, बाराही हाइड्रोपावरको मूल्य ५.२६ प्रतिशतले घट्दै सबैभन्दा बढी गिरावट आउने कम्पनी रह्यो । यसैगरी, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ५.१०, नेपाल माइक्रो इन्स्योरेन्स ४.०८ र दिव्यश्वरी हाइड्रोपावर ३.९१ प्रतिशतले घटेको छ ।