• Menu

बाजुरामा जिप दुर्घटना हुँदा टेलिकम प्रमुखसहित ३ जनाको मृत्यु

नेपाल प्रफिट

२०८२ जेठ १३, १३:०८

बाजुरामा जिप दुर्घटना हुँदा टेलिकम प्रमुखसहित ३ जनाको मृत्यु

बाजुरा । बाजुरा  जिल्लाको जगन्नाथ गाउँपालिकामा मंगलबार जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै  मृत्यु भएको छ ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका-७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ ।

नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्